neapl investment mega bank neapl investment mega bank

नेकपा सचिवालय बैठक शुरु

May 2nd, 2020

काठमाडौँ, २० वैशाख (रासस)

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा भर्खरै प्रारम्भ भएको छ ।

पार्टीका आन्तरिक असमाञ्जस्यता र अप्ठ्यारालाई किनारा लगाउन निर्णायक ठानिएको बैठकले स्थायी कमिटी बैठक आह्वान गर्नेनगर्नेलगायत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । बैठकमा सचिवालयका सबै सदस्य उपस्थित हुनुहुन्छ ।