neapl investment mega bank
  • गृहपृष्ठ
  • उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक

उत्तर कोरियाका सर्वोच्च नेता किम २० दिन पछि सार्वजनिक

May 2nd, 2020

सोल, २० वैशाख (रासस/एएनआई)

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन अन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक हुनुभएको छ । स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहनु भएको हल्ला चरिरहेका बेला उहाँ सार्वजनिक हुनुभएको हो । दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाका अनुसार उहाँ यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक हुनुभएको थिएन ।

सरकारी सञ्चार माध्यमले उहाँ दक्षिणी प्योङयाङ प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएर सार्वजनिक हुनुभएको हो । समाचार संस्थाका अनुसार शनिबार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काट्नु भएको तस्बिर सार्वजनिक गरिएको छ । कार्यक्रममा किमसँगै उहाँकी बहिनी किम यो जङ पनि देखिनु भएको छ ।

उहाँ सार्वजनिक नभएको बेला दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी हुनुभएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए । उहाँका आफ्ना हजुरबुवाको जन्मजयन्ती समरोहमा उहाँको अनुपस्थितिलाई आधार मनेर उहाँलाई अस्वस्थ भएको दाबी गरिएको थियो ।उत्तर कोरियाली पात्रोमा उहाँका हजुरबुवा किम इल सङको जन्मजयन्ती समारोह ठूला कार्यक्रममध्ये एक मानिन्छ । त्यस दिन उहाँ अघिल्ला बर्ष आफ्ना हजुरबुवाको चिहानस्थल जाने गर्नुहुन्थ्यो ।

यस पटक भने अनुपस्थित भएकाले उहाँको स्वास्थ्य अवस्थाबारे विश्वभवरी नै अड्कलबाजी र अनेक हल्ल चलेको थियो । उहाँको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाउनु भएको थियो । उहाँले किम आफ्नो अति अनत्य मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिनुभएको थियो ।

अहिले किम पुनः सार्वजनिक रूपमा देखिएको बारेमा भने ट्रम्पले आफूले टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिनु भएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमले किम अहिले सार्वजनिक रूपमा देखिएको भन्दै दिएको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने अन्य आधार नभएकाले कतिपयले अझै पनि अविश्वास गरेका छन् ।