neapl investment mega bank

लागुऔषध सहित पक्राउ

May 1st, 2020

काठमाडौं, बैशाख १९

पश्चिम नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १२ स्थित कसियाबाट बैशाख १८ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाउँपालिका ३ बस्ने २७ वर्षिय दिपेन्द्र बराल र चितवन जिल्लाको भरतपुर महानगरपालिका बस्ने ३७ वर्षिय पवन घले छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला कमाण्ड पोष्ट परासीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजोपाम एक सय ५१ एम्पुल, नुफिन १ सय ५१ एम्पुल, फेनारागन एक सय ५१ एम्पुल र दुई वटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सोही जिल्लाको सरावल गाँउपालिका ७ भुजहवाबाट बैशाख १९ गते एपीएफ टोलीले १० वटा अनरेक्स र १६ वटा वीन स्पास्मो नामक लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको रामग्राम नगरपालिका ६ बस्ने ३४ वर्षिय मनिष तिवारी छन् । भारतबाट अवैध रुपले लुकिछिपि प्रवेश गरेका निज तिवारीको साथमा उक्त लागूऔषध फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi