neapl investment mega bank

मजदुर दिवसका दिन मजदुरलाई राहत वितरण

May 1st, 2020

काठमाडौ, बैशाख १९

काभ्रे र अन्तर्रा्ष्ट्रिय मजदुर दिवसका दिन मजदुरलाई राहत वितरण अन्तर्रा्ष्ट्रिय मजदुर दिवसको अवसर पारेर जिल्लाको बनेपा नगरपालिका क्षेत्रमा रहेका मजदुरहरुलाई राहत वितरण गरेको छ । अखिल नेपाल ट्रेड युनियन महासंघ बनेपा समितिको पहल तथा द बर्गर हाउस एण्ड क्रण्ची फ्राईट चिकेनको सहयोगमा मजदुरलाई राहत वितरण गरिएको हो ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य बसुन्धारा हुमागाईले महासंघ र द बर्गर हाउसले राहत वितरण गरेर श्रमजीवी मजदुरको पक्षमा कोहि छ भन्ने सन्देश दिएको बताए । ’विश्व कोभिड-१९ बाट अक्रान्ता बनेकोले लकडाउन खुलेपछि पनि केहि अप्ठ्यारा व्यहोर्नुपर्ने हुन सक्छ ।’ उनले भने, ’त्यसको लागी सचेत भएर लाग्नु पर्छ, साथै कोभिड-१९ संक्रमण फैलिन नदिन सबैले नेपाल सरकारद्धारा जारी गरिएको नियम पालना गर्नु पर्छ ।’

त्यस्तै प्रदेश सभा सदस्य हुमागाईले कोरोना संक्रमित विरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको थियो । महासंघ बनेपा समिति र द बर्गर हाउसले प्रदेश सभा सदस्य हुमागाईको विशेष उपस्थितमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुलाई लक्षित गरी राहत वितरण गरेका हुन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक गुजारा गर्नुपर्ने मजदुरहरुमा खाद्यान्न अभाव भएकोले राहत वितरण गरिएको महासंघ बनेपा समितिका इन्चार्ज राजन अधिकारीले जनाकारी दिए । ‘नगरपालिका भित्र अस्थायी बसोबास गरि दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने अवस्था छ’ ले भनिन्, ‘बन्दको कारणले साँझ विहान हात मुख जोड्न नसक्ने मजदुरलाई खाद्यवस्तु वितरण गर्न गरिएको हो ।’ उनका अनुसार मजदुरहरुलाई १५ केजी चामल, दुई केजी दाल, हाप लिटर तेल, एक पोका नुन र दुई वटा साबुन लगायतका सामाग्री वितरण गरिएको छ । त्यसैगरी लकडाउनले दैनिक कामकाज गरेर पेट पाल्ने परिवार काम नहुँदा भोकभोकै कोहि पनि बस्न नपरोस् भन्ने उद्देश्यले मजदुरहरुलाई राहत वितरण गरिएको द बर्गर हाउसका प्रोपाईटर अर्जुन लामाले बताए । त्यस्तै मजदुरलाई केहि हदसम्म भएपनि राहत वितरण गर्न पाउदा निकै खुशी लागेको र आगामी दिनमा पनि विहान बेलुका खाना नपाई भोकै बस्नु पर्ने अवस्थामा रहेका तथा न्यूनतम् खाद्यान्न व्यवस्था गर्न नसकेका अति विपन्न मजदुरहरुलाई न्यूनतम् खाद्यवस्तु कुनैपनी बेला सहयोग गर्न तयार रहेको द बर्गर हाउसका अर्का प्रोपाईटर कृष्ण लामाले बताए । राहत वितरण कार्यक्रममा ज्योती लाईफ इन्स्योरेन्सको क्षेत्रीय प्रमुख अम्विका तिमल्सिना लगायतको उपस्थिति रहेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi