neapl investment mega bank

मस्जिद र मदरसामा लकडाउन पालना

May 1st, 2020

रामपुर, १९ वैशाख (रासस)

रामपुरमा रहेका मस्जिद र मदरसाको बिहीबार अनुगमन गरिएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजानमा लकडाउन पालनाबारे यहाँस्थित मस्जिद र मदरसाको अनुगमन गरिएको हो ।

रामपुर नगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम आचार्य, इलाका प्रशासन कार्यालयका प्रमुख अशोककुमार आचार्य, रामपुर –४ का वडाध्यक्ष एकबहादुर नेपाली, मुस्लिम आयोग पाल्पा जिल्ला अनुगमन समितिका संयोजक इरसाद अली शेखलगायतको टोलीले गरेको अनुगमनमा मस्जिदमा नमाज पाठका समयमा पाँच जना मात्र सहभागी हुने गरेको र लकडाउनको पूर्ण पालना गरेको पाइएको जनाइएको छ ।

मुसलमान समुदायको बाक्लो बस्ती रहेको रामपुर– ४ स्थित इस्लामपुरमा रहेको हजरत वेलाल जामे मस्जिद, अहले सुन्नत जामे मस्जिद, मदरसा नुरुल हुदा अहले सुन्नत प्रावि र मदरसा नुरुल हूदा आधारभूत विद्यालयको अनुगमन गरिएको छ । लकडाउनको पालना गरी दूरी कायम गरेर घरमै बसी नमाज पढ्न आग्रह गरिएको जिल्ला अनुगमन समितिका संयोजक शेखले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi