neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग निःशुल्क वितरण

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग निःशुल्क वितरण

Apr 30th, 2020

पोखरा, १८ वैशाख (रासस)

मुस्ताङ जिल्लाबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले तेस्रोपटक आज पोखरामा कोरोनाविरुद्ध अग्रमोर्चामा खटिनेलाई मुस्ताङको साग वितरण गर्नुभएको छ ।

बन्दाबन्दीका कारण मुस्ताङको घरपजोङ गाउँपालिकाका विपन्न परिवारले उत्पादन गरेको साग बिक्री नभएपछि उहाँले आप्mनो निजी खर्चमा खरिद गरी पोखराका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई निःशुल्क वितरण गर्नुभएको हो । उहाँले मुस्ताङबाट प्रतिकिलो रु ३० का दरले साग खरिद गर्नुभएकोे बताउनुभयो ।

पहिलो चारणमा दुई हजार केजी, दोश्रो र तेश्रो चरणमा एक÷एक हजार केजी खरिद गरि वितरण गरेको बताउँदै उहाँले भन्नुभयो, “उपल्लो मुस्ताङका ट्रक व्यवसायीले पोखरासम्म साग निःशुल्क ढुवानी गरिदिनु भएको हो ।” हाइअल्टिच्यूटमा उत्पादित अर्गानीक मार्फाको साग नरम, छिटो पाक्ने र स्वादिष्ट हुने भएका कारण पोखरा बजारमा यसको माग उच्च रहेको छ । हवाईजहाजबाट ढुवानी गरिएको सो साग पोखरा बजारमा रु एक सयदेखि एक सय पचास सम्ममा बिक्री हुने गरेको थियो ।
महासङ्घद्वारा फोटो पत्रकारलाई प्रेस ज्याकेट

कास्की– नेपाल पत्रकार महासङ्घ कास्की शाखाले फोटो पत्रकारका लागि प्रेस ज्याकेट वितरण गरेको छ । महासङ्घका जिल्ला सभापति दीपेन्द्र श्रेष्ठले आज फोटो पत्रकारका लागि महासङ्घको लोगो अङ्कित २० थान ज्याकेट फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गर्नुभयो । सो ज्याकेटका लागि गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङले आर्थिक सहयोग उपलव्ध गराउनुभएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरणका लागि जारी लकडाउनका अवधिमा समेत सक्रिय फिल्ड पत्रकारितामा क्रियाशील पत्रकारको सुरक्षा र पहिचानका लागि ज्याकेट वितरण गरिएको महासङ्घले जनाएको छ । यसअघि पहिलो चरणमा क्रियाशील १०० जना पत्रकारलाई ज्याकेटलगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

त्यसैगरी लकडाउनका कारण प्रभावित १७ पत्रकारलाई महासङ्घले यसअघि राहत सामग्री उपलव्ध गराएको थियो । महासङ्घ कास्की शाखाले आफ्ना सबै सदस्यहरुको दुर्घटना बिमा गर्ने र स्थलगत समाचार सङ्कलनमा गर्ने पत्रकारका लागि पोखरा महानगरपालिकाको सहयोगमा पारिवारिक स्वास्थ्य बिमा गर्ने तयारी समेत गरिएको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi