neapl investment mega bank

हुलाकी सडकको निर्माण कार्य शुरु

Apr 30th, 2020

वीरगञ्ज, वैशाख १८ (रासस)

विगत लामो समयदेखि लागू भएको लकडाउनको समयमा बाराको गढीमाई नगरपालिकाको बरियारपुरदेखि वीरगञ्जसम्मको १९ किलोमिटर सडकखण्डको निर्माण कार्य शुरु भएको छ ।

करिब रु ८५ करोड ८५ लाखको लागतमा निर्माण शुरु भएको बरियारपुरदेखि वीरगञ्ज महानगरपालिकाको लक्ष्मनवासम्मको १९ किलोमिटरको सडकको निर्माण कार्य लकडाउनको समयमा शुरु गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।

आयोजनाको ठेक्का सम्झौता २०७४ पुस १२ गतेदेखि २०७७ असार ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको स्वच्छन्द, पप्पु, हिम, सगरमाथा जेभी आयोजनाका इन्जिनीयर अमरेन्द्रकुमार यादवले राससलाई बताउनुभयो । तराई मधेशको लाइफलाइनका रुपमा रहेको हुलाकी राजमार्गको निर्माणका क्रममा सडकमा माटो हाल्ने कामदेखि गिट्टी, बालुवा हाल्ने काम सम्पन्न गरी अहिले सो सडकमा कालोपत्रे हाल्ने काम गर्न लागिएको बताइएको छ ।

यस क्षेत्रको महत्वपूर्ण योजनाको काममा ढिलाइ हुँदा विकास निर्माण प्रभावित भएकाले लकडाउनको समयमा भए पनि सो कामलाई निरन्तरता दिएको बताइएको छ । लकडाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बालुवा गिट्टी उपलब्ध नभएर केही ठाउँमा काम रोकिएको भए पनि यसको व्यवस्थापन स्थानीय सरकारले गरेकाले सो काम अगाडि बढेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi