neapl investment mega bank
  • गृहपृष्ठ
  • वाह्खरी डटकमका पत्रकार जोशीमाथि भएको दुुर्वव्यहारप्रति महासंघको ध्यानाकर्षण

वाह्खरी डटकमका पत्रकार जोशीमाथि भएको दुुर्वव्यहारप्रति महासंघको ध्यानाकर्षण

Apr 30th, 2020

काठमाडौ, बैशाख १८

वाह्खरी डटकमका पत्रकार केशवराज जोशीलाई प्रहरीले दुव्र्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बानेश्वरबाट थापाथलीस्थित कार्यालय जाँदै गदाँ बानेश्वर चोकमा भिडियो खिच्दै गर्दाको अवस्थामा प्रहरीले पत्रकार जोशीलाई दुव्र्यवहार गर्नुका साथै पत्रकार परिचयपत्र खोसेर १० मिनेट होल्डमा राखेको महासंघले जनाएको छ ।

पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेका महासंघको ठहर छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ, महासंघले भनेको छ । यसैगरी वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खवर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ ।

प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै सार्वजनिकरुपमा विज्ञप्ति निकालेर धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसविरुद्ध हुने यसखाले घटनाको कडारुपमा भत्र्सना गर्दै प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ, महांसघले भनेको छ ।

महासंघले कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षितढंगबाट काम गर्ने वातावरण बनाउने कार्यमा सघाउन सम्बन्धित सबैमा आग्रह समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi