neapl investment mega bank

बलिउड अभिनेता ऋषि कपुरको निधन

Apr 30th, 2020

काठमाडौं,१८ वैशाख

बलिउड अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ। बलिवुडका महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् ।

ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । 

दुई वर्ष अगाडि सन् २०१८ क्यान्सर भएको पुष्टि भएपछि एक वर्ष भन्दा बढी समय अमेरिका बसेर उपचार गरेका थिए। बुधबार मात्र अर्का बलिउड अभिनेता इरफान खानको निधन भएको थियो
। 

aadharbhumi
aadharbhumi
aadharbhumi