ललितपुर, बैशाख १७
गोदावारी नगरपालिका १२ ठेचो बस्ने खोटाङ सितापोखरी घर भएका मदन कुमार राईको खाजाघरमा बुधबार बिहान ग्याँस लिक भई आगलागी हुँदा करिब ७ लाख २५ हजार ७ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट उक्त खाजाघरकोटहरा, सुनको सिक्री, चाँदीको ब्रास्लेट,फर्निचर,लत्ताकपडा, भाँडाकुँडालगायतको धनमाल जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।