neapl investment mega bank

सालको गोलिया काठसहित पक्राउ

Apr 29th, 2020

पर्सा, बैशाख १७

पर्सा जिल्लाको बीरगंज महानगरपालिका ३१ स्थित भेडियाही खोलाबाट बैशाख १६ गते एपीएफ टोली र सब डिभिजन वन कार्यालयका कर्मचारीले करीव एक लाख नौ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ४ पर्शुरामपुर बस्ने असलम देवान छन् । दुई वटा साईकलमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ३१ क्यूफिट सालको गोलिया काठसहित निज देवानलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोली र सव डिभिजन वन कार्यालय सबैयाका कर्मचारीले पक्राउ गरिएको हो ।

त्यसवेला काठ ल्याउदै गरेका अन्य व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोली देख्नासाथै उक्त काठ छाडी फरार भएका थिए । पक्राउ परेका निज देवानलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi