neapl investment mega bank

बलिउड अभिनेता इरफान खानको निधन

Apr 29th, 2020

काठमाडौँ, १७ वैशाख

बलिउड अभिनेता इरफान खानको निधन भएको छ। खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा उपचारका क्रममा ५४ वर्षको उमेरमा निधन भएको हो । 

उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।  सन् २०१८ मा अभिनेता इरफानलाई न्युरोएन्डोक्राइनको ट्युमर भएको पत्ता लागेको थियो । त्यसपछि उनी विदेशमा कैयौँ महिना उपचाररत थिए ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गर्नु भएको थियो । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

इरफान खान मुम्बईमा मात्र सीमित हुनु भएन । उहाँले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गर्नु भएको थियो ।

उहाँले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गर्नु भएको थियो । सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उहाँको उपचार बेलायतमा गरिएको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् ।

गत शनिबार मात्र उनकी आमा सइदा बेगमको निधन भएको थियो । 


aadharbhumi
aadharbhumi
aadharbhumi