neapl investment mega bank
  • गृहपृष्ठ
  • पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरियो

पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरियो

Apr 28th, 2020

काठमाडौँ, १६ वैशाख (रासस)

पेट्रोल पम्पबाट लेदो पदार्थ निस्किएपछि भक्तपुरको लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टर बन्द गरिएको छ । उजूरीपछि आज अनुगमन गरी पम्पलाई बन्द गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार सो पम्पबाट नमूना परीक्षणका लागि तेल ल्याइएको र प्रतिवेदन नआउञ्जेल बिक्रीवितरणमा रोक लगाई बन्द गरिएको छ । उहाँका अनुसार नियमित बजार अनुगमनका क्रममा आज ललितपुरको खुमलटारस्थित पिपुल होम केयर सेन्टरले मास्कमा बढी मूल्य लिएको भेटिएपछि रु दुई लाख जरिवाना गरिएको छ । एन–९५ मास्कको खरीद मूल्य रु पाँच सय रहेकामा पिपुल होमले रु आठ सय लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नै ह्याण्ड वास खरीदमूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएको भेटिएपछि सीतापाइलास्थित सेलवेज क्यास एण्ड क्यारीलाई रु दुई लाख जरिवाना गरिएको छ । खरीद मूल्य रु २८० रहेकामा सेलवेजले रु ३३४ लिएको पाएपछि कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम सो जरिवाना गरिएको विभागले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi