neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदेश १ मा पाँच हजा नौ सय जनाको कोरोना परीक्षण

प्रदेश १ मा पाँच हजा नौ सय जनाको कोरोना परीक्षण

Apr 28th, 2020

विराटनगर, वैशाख १६

प्रदेश १ मा पाँच हजार नौ सय जनाको कोरोना परीक्षण भएको छ । पिसिआर प्रविधिबाट एक हजार १९ जना र आरडीटीबाट चार हजार आठ सय ८१ जनाको नमूना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या मंगलबारसम्म कूल दुुई हजार एक सय ४० जना पुगेको छ । १७ जना डिस्चार्ज भएका छन् । क्वारेन्टाइनमा चार सय ४५ महिला र एक हजार छ सय ९५ जना पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना छन् ।