neapl investment mega bank

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Apr 28th, 2020

काठमाडौं, बैशाख १६

धादिङ, धुनिवेशी नगरपालिका ९ कानाकोटस्थित सडकमा बा.५ ख ६७७५ नम्बरको टिपर अनियन्त्रित भई सोमबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरका सह-चालक धुनिवेशी नगरपालिका-९ बस्ने ३० वर्षीय अमृत बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपर चालकको वीर अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।

तनहुँ, घिरिङ गाउँपालिका ५ बेलभञ्ज्याङ देउरालीस्थित सडकमा ग.१ ज ७५०२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा जिपमा सवार नवलपरासी(पूर्व) बौद्धकाली गाउँपालिका-२ बस्ने २२ वर्षीया सन्जु पोख्रेलको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ५ जनाको शुभ लक्ष्मी मेडिकल भिमादमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi