neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

नेपाली सेनाद्वारा हिम पहिरोमा परि वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार

Apr 28th, 2020

काठमाडौ, बैशाख १६

नेपाली सेनाले हिम पहिरोमा वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार गरेको छ । सेनाका अनुसार मिति २०७६ माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.१ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका ३ (तीन) जना नेपाली गाईड तथा ४ (चार) जना कोरियन पर्यटकहरु मध्ये २ (दुई) जना नेपाली गाईड र २(दुई) जना कोरियन पर्यटकहरुको शव पहिल्यै फेला परिसकेको र थप १ (एक) जना कोरियन नागरिकको शव श्री पश्चिम पृतना हे.क्वा.को समन्वयमा श्री विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले मिति २०७७ बैशाख १५ गते फेला पारि आज मिति २०७७ बैशाख १६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पुर्‍याएको छ ।

साथै खोजी कार्यमा खट्टिएको नेपाली सेनाको टोलीले हराईरहेका बाँकी १/1 (एक/एक) जना नेपाली र कोरियन नागरिकको हिंउ भित्र पुरिएको सम्भावित स्थानमा खोजी कार्य जारी राखेको सेनाले जानकारी दिएको छ ।