neapl investment mega bank

आज आद्य शङ्कराचार्य जयन्ती

Apr 28th, 2020

काठमाडौँ, १६ वैशाख (रासस)

वैदिक सनातन धर्मको पुनःस्थापनामा महत्वपूर्ण योगदान दिनुभएका आद्य शङ्कराचार्यको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण सार्वजनिक रुपमा कुनै कार्यक्रम नगरिए पनि विभिन्न मठ, पीठ एवं गुरुकुलमा आद्य शङ्कराचार्यले पु¥याउनुभएको योगदानका विषयमा चर्चा गरिन्छ । दक्षिण भारत मलाबार अञ्चलस्थित केरला प्रान्तको कालडी नामको गाउँमा शक संवत् ६०७ (सन् ६८६) वैशाख १२ गते वैशाख शुक्ल पञ्चमीका दिन पिता शिवगुरु र माता विशिष्टादेवीको गर्भबाट आद्य शङ्कराचार्यको जन्म भएको हो ।

बुढेसकालसम्म पनि सन्तान नभएपछि शिवगुरु र विशिष्टादेवीले भगवान् शिवको आराधना गरी पुत्र प्राप्त भएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ । ‘शङ्करं शङ्कराचार्यम्’ अर्थात् भगवान् शिव नै लुप्तप्राय ः अवस्थामा पुगेको वैदिक सनातन धर्मको पुनरुत्थानका लागि आद्य शङ्कराचार्यका रुपमा जन्म लिनुभएको भन्ने विश्वास छ ।

वेदान्त विषयका प्रा डा दीर्घराज घिमिरे कुमारिल भट्टले शुरु गर्नुभएको वैदिक सनातन धर्मको पुनःस्थापनामा आद्य शङ्कराचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ । १६ वर्षको मात्र आयु लिएर जन्मनुभएका आद्य शङ्कराचार्यले त्यस अवधिमा १० वटा उपनिषद्, ब्रह्मसूत्र, श्रीमद्भगवद्गीता लगायत ग्रन्थको व्यापक विवेचन भाष्य गर्नुभएको थियो ।

भगवान् शङ्करले नै अर्को १६ वर्ष आयु थपिदिएपछि भाष्य गरिएका ग्रन्थलगायत वैदिक सनातन धर्मका बारेमा भारतवर्षका कुना कुनामा व्याख्या गर्दै हिँड्नुभएको पनि घिमिरेले बताउनुभयो । यसै क्रममा उहाँले वैदिक सनातन धर्म संरक्षणका लागि भारत वर्षको चार ठाउँमा चारवटा मठ स्थापना गर्नुभयो ।

उहाँले स्थापना गर्नुभएका चारमठमा श्रृङ्गेरी, गोवद्र्धन, शारदा र ज्योतिर्मठ छन् । यी मठले क्रमश : यजुर्वेद, ऋग्वेद, सामवेद र अथर्ववेदको प्रतिनिधित्व गर्छन् । प्राचीन कालमा सबैतिर फैलिएको वैदिक सनातन धर्म लुप्तप्राय : बनेको थियो । आद्य शङ्कराचार्यले पुनःस्थापना गर्नुभएकैले आजको स्वरुपमा आइपुगेकाले उहाँको योगदानको चर्चा गरी जन्मजयन्ती मनाइन्छ ।

यस अवसरमा प्रत्येक वर्ष पशुपतिस्थित शङ्कराचार्य मठमा गर्ने गरिएको कार्यक्रम यस वर्ष बन्दाबन्दीका कारण गर्न नसकिए पनि सम्झना भने गरिने जनाइएको छ । यसैगरी देशभरका मठ, पीठ र गुरुकुलमा पनि उहाँले पु¥याउनुभएको योगदानका विषयमा चर्चा गरिने जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi