neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड–१९ बाट पिडित ४१ देशका करिब ३० हजार नेपालीले पाए एनआरएनएको राहत

कोभिड–१९ बाट पिडित ४१ देशका करिब ३० हजार नेपालीले पाए एनआरएनएको राहत

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माका अनुसार ४१ देशमा १ सय ५० भन्दा बढी शहरमा ९ सयभन्दा बढी स्वयम सेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामाग्री प्राप्त गरेका छन् । संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय परिषदले स्थापना गरेको २४ औं घण्टे हटलाइनबाट ७ हजार भन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन् । ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् ।

यस्तै राष्ट्रिय समन्वय परिषद्ले पौने ३ करोड रुपैंयाँको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्दो छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले २ करोड रुपैयाँभन्दा बढीको स्वास्थ सामाग्री नेपाल पठाएका छन् ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले ५ करोड रुपैयाँको राहत कोष लक्ष्यसहित फन्ड रेजिङ क्याम्पेन अगाडी बढाएको संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जनाए । यसको लागि संघले क्राउड फन्डिङ क्याम्पनिङ (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ । डेविट वा क्रेडिट कार्डबाट अनलाइन वा मोबाइल फोनको रेस्पेक्ट एन्ड राइज एप्स प्रयोग गरी डोनेसन गर्न सकिने व्यवस्था गरेको संघको कोभिड १९ उच्चस्तरीय समितिले जनाएको छ । संघले स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसीसीले राहत रकम वितरण सुरु भइसकेको जनाएको छ ।

हालसम्म मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई ५–५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ ।

आवश्यकता अनुसार अन्य देशहरुलाई पनि उपलब्ध गराउने योजना रहेको संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाई सरकारलाई उच्चस्तरीय समितिले बुझाएको छ । यो योजना जनस्वास्थ्य विज्ञ र मेडिकल डाक्टरहरुको टिमले तयार पारेको हो ।

पुनसस्र्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनस्र्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारे योजना बन्दै गरेको उच्चस्तरीय समितिले जनाएको छ ।

स्वास्थ्य समितिले महामारीको सुरुदेखि नै स्वास्थ्य शिक्षामूलक सामाग्रीहरु तयार गरी विद्युतीय माध्यम र सोसिएल मेडियाबाट सचेतना, रोकथाम र प्रवद्र्धनको कार्यक्रमलाई जारी राखेको संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए । स्वास्थ्य समितिले साप्ताहिक रुपमा संक्रमित र मृत्यु हुनेको तथ्याङ्क तयार पार्ने गरेको छ । २५ अप्रिल २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । करिब २ हजार जना संक्रमित भएका छन् ।

राहत, उद्दार र पुस्र्थापना कार्यक्रमका लागि नेपाल सरकार, सरोकारवाला निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै उच्चस्तरीय समितिले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi