neapl investment mega bank
  • गृहपृष्ठ
  • महासंघद्धारा पत्रकारलाई गरिएको दुुव्यवहारप्रति ध्यानाकर्षण

महासंघद्धारा पत्रकारलाई गरिएको दुुव्यवहारप्रति ध्यानाकर्षण

Apr 27th, 2020

काठमाडौ, बैशाख १५

समाचार संकलनका क्रममा चितनवमा प्रहरीद्वारा पत्रकारहरुलाई गरिएको दुव्र्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रण लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले बिज्ञप्ती मार्फत भनेको छ, समाचार संकलनका लागि आज विहान १०ः०० बजेतिर चितवनको भरतपुरस्थित चौवीसकोटीमा पुगेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई प्रहरीले दुव्र्यवहार गर्दै पक्राउ गरेका छन् । पत्रकारद्वयले परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले दुव्र्यवहार गर्दै प्रहरीकै गाडीमा राखी भरतपुरको कभर्डहलमा रहेको क्वारेन्टाइनमा लगेर खिचिएको फोटो र भिडियो मेटाउनुका साथै पत्रकारका सवारी साधन र सञ्चार साधनसमेत नियन्त्रणमा लिएका थिए ।

मुलुक यतिखेर कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणलाई मध्यनजर गर्दै लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी अग्रपंक्ति रहेर नागरिकलाई सुसूचित गराउने पेशागत कर्म निर्वाहमा रहेका पत्रकारलाई सहयोग गर्नुको सट्टा प्रहरीबाट गरिएको यो हर्कत आफैंमा निन्दनीय र खेदजनक काम हो । महासंघ घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गर्न तथा पत्रकारको सुरक्षामा संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ, महासंघले भनेको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्यसमितिका सदस्य तथा दैलेखस्थित नागरिक दैनिकका सम्वाददाता गोविन्द केसीलाई समाचार लेखेकै कारण दिएको धम्कीको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । नारायण नगरपालिकाको राहत सामग्री खरिदमा अनियमिततासम्बन्धी समाचार केही दिनअघि नागरिक दैनिकमा प्रकाशित भएपछि पत्रकार के.सी.लाई धम्की दिइएको थियो । प्रकाशित समाचारप्रति गुनासो भए कानुनी उपचारका मार्गप्रशस्त हँुदा हुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी काम हो । महासंघ धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi