neapl investment mega bank

लागू औषधसहित पक्राउ

Apr 26th, 2020

काठमाडौं, बैशाख १४

सिरहा जिल्लाको वरियारपट्टी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको लक्ष्मीपुर पतारी गाँउपालिका ५ बस्ने १८ वर्षिय साबिर अन्सारीलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज अन्सारीलाई डाईजोल्याब १५ बोतल, प्रमोथिन १५ बोतल, नुफिन ९ बोतल र १५ वटा नाईट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो ।

पक्राउ परेका निज अन्सारीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनर्वाबाट बैशाख १३ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमको लागूऔषधसहित सोही महानगरपालिका २ बस्ने २१ बर्षिय सेख सफौज महमदलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर १४ गुल्म पर्साबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले निज महमदलाई कोरेक्स १२ बोतल, सिम्लेक्स १६ वटा र नाईट्रोभेट ट्याब्लेट १५ वटासहित पक्राउ गरेको हो । पक्राउ परेका निज महमदलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi