काठमाडौँ, १४ वैशाख
सरकारले लकडाउनको अवधि वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।
यसअघि सरकारले पछिल्लोपटक थपेको १२ दिने लकडाउन जुन सोमबार (१५ गते) सकिँदै छ ।
नेपालमा कोरोना सङ्क्रमितको संख्या ५२ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।