काठमाडौँ, १४ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार झापाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोशी अस्पताल विराटनगरमा भएको परिक्षण अनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो ।
हालसम्म प्राप्त विवरण अनुसार निज अस्पतालको सम्पर्कमा हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ५२ पुगेको छ भने निको भएर १६ जना घर फर्किएका छन् ।