नयाँदिल्ली, १४ वैशाख (रासस–एएनआई)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा भइरहेको कोरोनाभाइरस विरुद्धको लडाई भारतीय जनताले नेतृत्व गरिरहेको बताउनु भएको छ ।
लडाईमा जनताका विभिन्न समूह र प्रशासनले आम नागरिकलाई सघाइरहेको प्रधानमन्त्री मोदीले आइतबार बताउनु भएको हो ।
आम नागरिकले चालकको काम गरिरहेका र प्रशासन र अन्य विभिन्न सहयोगी समूहहरुले चक्काको काम गरिरहेको उहाँको भनाई छ ।
प्रधानमन्त्री मोदीले भन्नुभयो, “हरेक नागरिक यस लडाईमा कोरोनाभाइरस विरुद्धको लडाकू हुनु भएको छ ।”
उहाँले मासिक रुपमा सहभागिता जनाउने कार्यक्रम “मन की बात”मा बोल्दै मोदीले विशाल भारतमा यस्तो लडाई धेरै कठिन भएको पनि उल्लेख गर्नुभयो ।
कोरोनाभाइरससँगै आफूहरु गरिबीका विरुद्धमा पनि लडेर देश विकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
“कोरोनाभाइरस विरुद्धको जनताको लडाई सकिएपछि हामीले भारतलाई नयाँ अवस्थामा पु¥याउने छौँ,” प्रधानमन्त्री मोदीले भन्नुभयो ।