neapl investment mega bank neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा

कोभिड–१९ विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरुको बीमा

Apr 26th, 2020

काठमाडौ, बैशाख १४

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोन, कोभिड–१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई एक लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ ।

अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागि भनेर निर्र्जीवन बीमा कम्पनी, श्री शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधादिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमा लेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुनेगरि डिजिटल प्रविधि फोन पे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।