neapl investment mega bank

भरुवा बन्दुक सहित पक्राउ

Apr 26th, 2020

सिन्धुपाल्चोक, १४ वैशाख

त्रिपरासुन्दरी गाउँपालिका-२ लुङगुरपाबाट भरुवा बन्दुक २ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ३९ वर्षीय हिरा बहादुर गुरुङ र ३४ वर्षीय टपिन्द्र बहादुर गुरुङ रहेका छन् ।

घरेलु हतियार प्रयोग गरी उनीहरुले जंगली जनावर मारेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा टपिन्द्र बहादुरको घरबाट २ थान भरुवा बन्दुक र दुवै जनाको घरबाट मृग जस्तै जंगली जनावरको जस्तो मासु सुकाई राखिएको अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi