neapl investment mega bank

कुटपिट गरी आफ्नै बुवाको हत्या

Apr 26th, 2020

सल्यान, १४ वैशाख

आफ्नै बुवा ५१ वर्षीय बुदे बिकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका-२ कुईयाझोल बस्ने २१ वर्षीय सुरज बिकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको कारण सुरजले आफ्नै बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान र प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi