neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बन्दाबन्दीको समयमा कृषक हितका लागि कृषि मन्त्रीलाई ध्यानाकर्षण

बन्दाबन्दीको समयमा कृषक हितका लागि कृषि मन्त्रीलाई ध्यानाकर्षण

Apr 25th, 2020

काठमान्डौ ,बैशाख १३

विश्वव्यापि महामारीको रुपमा रहेको कोभिड १९ र नेपाल सरकारले यसको रोकथामको लागि चालेको कदमको स्वागत गर्दै तथा बन्दाबन्दीको समयमा कृषि क्षेत्रमा परेको असरको बारेमा कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुसाललाइ शुक्रवार ध्यानाकर्षण गर्दै विज्ञप्ती बुझाइएको छ ।

आर्थिक सामाजिक तथा सास्कृतिक अधिकार सञ्जाल ललितपुर, जागरण मिडिया सेन्टर,न्याय तथा अधिकार सस्था,मेड नेपाल चितवन, समाज वातावरणिय शिक्षाको विकास दाङ्ग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले शुक्रवार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कोभिड १९ बाट हरेक क्षेत्र प्रभावित भएको र यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा देखिएको जनाइएको छ । उक्त विज्ञप्तीमा भनिएको छ , बन्दाबन्दीको अवस्थामा कृषि क्षेत्रलाइ असर नपर्ने गरी प्रदेश नम्बर ५का केहि जिल्लाले सुरु गरेको कृषि एम्बुलेन्स सेवालाइ अरु प्रदेशमा पनि विस्तार गरेर कृषिको ढुवानी लाइ सहजरुपमा ल्याउन कृषि मन्त्री भूसाललाइ आग्रह गरिएको छ । यसैगरी यस वर्षको कृषि बालि लगाउने बेला सुरु हुन लागेकोले यस तर्फ सरकारले समयमा नै मल विउ तथा रासायनिक मलको व्यवस्थापन गर्नको लागि आवश्यक तयारी तथा समन्वय गर्दै साना तथा लक्षित किसानसम्म कृषि विमाको व्यवस्थापन र सहजरुपमा कृषकलाइ ऋण तथा उपदान दिन आवश्यक पहलको लागि समेत आग्रह गरेको छ ।

बन्दाबन्दीको समयमा कृषकको उब्जनीले बजार नपाए पछि खेतमा नै उब्जनी सडेर जाने गरेको कृषकहरुले गुनासो गरेका छन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi