neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अध्यादेश खारेजी भएकोमा राप्रपाद्धारा स्वागत

अध्यादेश खारेजी भएकोमा राप्रपाद्धारा स्वागत

Apr 25th, 2020

काठमाडौ, बैशाख १३

सरकार र सत्तारुढ नेकपालाई सचेत गराएबमोजिम अध्यादेश खारेजी भएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले स्वागत गरेका छन् । ‘अस्थिरता निम्त्याउने, संविधानको मर्म र शक्ति पृथकीकरण विपरीतका अध्यादेश खारेज हुनु स्वागतयोग्य छ । प्रजातन्त्र धराप पर्ने खतरा दृष्टि गर्दै, सरकार र सत्तारुढ नेकपालाई अध्यादेश फिर्ता लिन राप्रपाले सचेत गरेकै थियो,’ राणाले शुक्रबार भने ।

राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी भए लगत्तै राप्रपा विरोधमा उत्रेको थियो । नेपाली कांग्रेसलगायत चार दलको संयुक्त वैठकमा समेत राप्रपा सहभागी थियो । राप्रपा अध्यक्ष राणाले कोभिड–१९ सम्बन्धी नीति पनि सरकारले अद्यावधिक गर्दै लानु पर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा विषयगत विशेषज्ञको राय सल्लाहमा कोरोना संक्रमणको अवस्था मध्यनजर गरेर आवश्यक रणनीति अख्तियार गर्नु पर्ने उनको भनाइ छ ।

राणाले ट्वीट गर्दै भने, ‘सरकारले कोरोना र बन्दाबन्दीका नीति अद्यावधिक गर्नु पर्दछ । संक्रमणका हटस्पट र भारतीय सीमावर्ती क्षेत्रमा कडा निगरानी कायम राख्दै, संक्रमण नदेखिएका जिल्लामा स्वास्थ्य र विषयगत विशेषज्ञको सल्लाहमा बन्दाबन्दी खुकुलो बनाउदै लाने र आर्थिक गतिविधि सहज तुल्याउने नीति लिनु उपयुक्त हुनेछ ।’

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi