neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार

नेपाली सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार

Apr 25th, 2020

काठमाडौ, बैशाख १३

नेपाली सेनाले हिम पहिरोमा बेपत्ता भएकाको खोजी गरेको छ । सेनाले २०७६ माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं.१ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाईड तथा ४ जना कोरियन पर्यटकहरु मध्ये एक जना नेपाली गाईडको शव पहिल्यै फेला परिसकेको र हाल थप एक जना नेपालीको शव देखिएको हुंदा शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजी कार्यको लागि श्री पश्चिम पृतना हे.क्वा.को समन्वयमा पोखरा स्थित् श्री सेकेण्ड रेञ्ज र बटालियनबाट खट्टिएको उद्धार टोलीले सो शवको उद्धार गरि प्रहरीको जिम्मा लगाएको हो ।

खोजी कार्यको लागि आवश्यक ईक्युप्मेण्ट तथा नेपाल प्रहरीका १ जना प्रतिनिधि सहित यही बैशाख १२ गते एनए ०६१ हेलिकप्टरद्धारा घटनास्थल तर्फ गएको उद्धार टोलिले उक्त स्थानमा देखिएको धादिङ्ग जिल्ला गंगा जमुना गाउपालिका वडा नं १ किचेत बस्ने बर्ष ४५ का मेम बहादुर तामाङ्ग (पोर्टर) को शव र फेला परेका तीन वटा झोलाहरु सो स्थानबाट निकाली प्रहरीको जिम्मा लगाएको हो । हाल सो शवलाई पोष्टमार्टमको लागि पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । साथै खोजीमा खट्टिएको टोलीले उक्त स्थानमा हराईरहेका बांकी १ नेपाली र ४ कोरियालीहरुको खोजि गर्दा हिंउ भित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिंउ जमिरहेकोले फेला नपरेको हुंदा सोही दिनको १४ः१५ बाजे खोज तथा उद्धारमा खट्टिएको फौज सोहि हेलिकप्टर मार्फत बटालियन हे.क्वा. पोखरामा फिर्ता भएको सेनाले जानकारी दिएको छ ।

साथै नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईरहेको र सो सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि जानकारी दिने बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi