neapl investment mega bank
  • गृहपृष्ठ
  • झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ४९ पुग्यो

झापामा ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि ,संक्रमितको संख्या ४९ पुग्यो

Apr 24th, 2020

काठमाडौँ, १२ वैशाख

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार थप एकमा कोरोना पोजेटिभ देखिएको हो। हालसम्म प्राप्त विवरणअनुसार निज आइसोलेसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको संस्था ४९ पुगेको छ भने निको भएर १० जना घर फर्किएका छन् ।