neapl investment mega bank
  • गृहपृष्ठ
  • कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरियो

कोरोना पुष्टि भएपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरियो

Apr 24th, 2020

भोजपुर, १२ वैशाख (रासस)

कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ जिल्ला कमाण्ड पोष्टको बैठकले धनकुटा, उदयपुर, खोटाङ र सङ्खुवासभाबाट जिल्लामा प्रवेश गर्ने सबै नाकामा थप कडाइका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णयसमेत गरेको छ । उनको यात्रा विवरण विषयको आधारमा थप परीक्षण गर्न आवश्यक स्वास्थ्य सामग्रीसहित चिकित्सकको टोली पठाउन प्रदेश नं १ सरकारसँग अनुरोध गर्ने निर्णय भएको प्रजिअ पुरीले बताउनुभयो ।

युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ । अहिले उनको सङ्गतमा रहेका २० जनाको पिसिआर गर्ने तयारी भइरहेको गाँउपालिकाका प्रवक्ता कुमार विष्टले जानकारी दिनुभयो । त्यसका लागि स्वास्थ्य कार्यालयबाट चिकित्सकको टोली आउने तयारीमा रहेको विष्टले बताउनुभयो । ती युवकलाई आज नै कोशी अस्पताल विराटनगर लैजाने जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi