neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन उल्लघंन गर्ने एक हजार २३ जना नियन्त्रणमा

लकडाउन उल्लघंन गर्ने एक हजार २३ जना नियन्त्रणमा

Apr 24th, 2020

काठमाण्डौ, बैशाख १२

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने दुुई सय ५६ महिला सहित एक हजार सय २३ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान छ बजे देखि बेलुका पाँच बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी तीन सय आठ वटा दुई पाङ्ग्रे र २४ वटा चारपाङग्रे गरी तीन सय ३२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी सात सय ८६, ललितपुरमा दुुई सय १७ र भक्तपुरमा २० जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान छ बजेदेखि लागू हुने गरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गरे साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा एक सय चार जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi