neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Apr 24th, 2020

काठमाडौं, बैशाख १२

भोजपुर, भोजपुर नगरपालिका ६ चिहानडाँडा बस्ने राजेश कुमार श्रेष्ठोको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने सिद्दी कुमार सैजुको घरमा बिद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा घर तथा घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाराको पचरौता नगरपालिका ५ बेल्दारी बस्ने लालबाबु प्रसाद यादवको घर अगाडी पार्किङ गरी राखेको ना.१ त ५१७९ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगलागी भएको छ । आगलागीबाट उक्त ट्याक्टरमा रहेको व्याट्री, रेडियटर र प्लास्टिक भएको सामानहरु जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi