neapl investment mega bank
  • गृहपृष्ठ
  • हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ

Apr 24th, 2020

सल्यान, वैशाख १२

हात हतियार खरखजना मुद्दाका फरार प्रतिवादी कुमाख गाउँपालिका-२ बस्ने ३८ वर्षीय भिमे रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय राँगेचौरबाट खटिएको प्रहरीले उनलाई कुमाख गाउँपालिका ४ भेरी नदीको किनारामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi