neapl investment mega bank
  • गृहपृष्ठ
  • नालामा जमेको पानीमा डुबेर तीन जना नाबालकको मृत्यु

नालामा जमेको पानीमा डुबेर तीन जना नाबालकको मृत्यु

Apr 24th, 2020

बाँके, बैशाख १२

बैजनाथ गाउँपालिका २ पितमारीस्थित बन्दै गरेको क्षेत्रिय कारागारको कम्पाउण्ड बाहिर रहेको पानी निकासको लागि खनेको नालामा जम्मा भएको पानीमा डुबेर तीन जना नाबालकको बिहीबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेहरु सोही ठाउँ बस्नेहरु १२ वर्षीय नरेश कुवर, १२ वर्षीय नबिन परीयार र ११ वर्षीय अमिल रावल रहेका छन् । उनीहरुको खेल्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi