neapl investment mega bank
  • गृहपृष्ठ
  • उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

उदयपुरमा सङ्क्रमित बढेसँगै सिरहातर्फका नाका बन्द

Apr 24th, 2020

लहान, १२ वैशाख (रासस)

छिमेकी जिल्ला उदयपुरको भुल्केमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उदयपुरसँग सीमा जोडिएका सिरहातर्फका सबै नाका पूर्णरूपमा बन्द गरिएको छ ।

उदयपुर जिल्लामा दैनिकजसो कोरोना सङ्क्रमित फेला पर्न थालेकाले तत्काल आवतजावत रोक्न सिरहाका स्थानीयवासीको माग गरेपछि उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागार्इँले जानकारी दिनुभयो ।

उदयपुरको विभिन्न स्थानबाट सर्वसाधारण लहान आउने र लहानबाट उदयपुरतर्फ आवतजावत भइरहेकाले सिरहा जिल्ला पनि उच्च जोखिममा रहेको भन्दै नागरिक समाजका अगुवाहरुले स्थानीय प्रशासनसँग तत्काल उदयपुरतर्फबाट हुने आवागमन रोक्नुपर्ने माग गरेका थिए । उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्केमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेपछि उदयपुरसँगै जोडिएको सिरहामा त्रास बढेको छ ।

घरमै सामाजिक सुरक्षाभत्ता

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । गत चैत ११ गतेदेखि मुलुकमा जारी लकडाउनलाई प्रभाबकारी बनाउन घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने गाउँपालिकाले निर्णय गरेको हो ।

लकडाउनका कारण बैंकमा जान सेवाग्राहीलाई समस्या भइरहेकाले कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बाँड्ने निर्णय भएको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो । विगत एक महिनादेखि जारी लकडाउनको मारमा परेका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न सङ्घीय सरकारले गरेको परिपत्रअनुसार सो गाउँपालिकाको एक हजार ९४० घरपरिवारलाई पहिलो चरण राहत वितरण सम्पन्न गरेको अध्यक्ष साहले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi