neapl investment mega bank
  • गृहपृष्ठ
  • भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, सङ्क्रमितको सङख्या ४८

भोजपुरमा पनि भेटिए कोरोना संक्रमित, सङ्क्रमितको सङख्या ४८

Apr 23rd, 2020

काठमाडौँ, ११ वैशाख

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको अनुसार भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । ति पुरुष गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् ।
यसअघि आजै दुई जनामा सङ्क्रमण देखिएको थियो । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । केही दिन अगाडि काठमाडाँैको पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा देखिएको कोरोना सङ्क्रमित दुवै व्यक्ति निको भई आज डिस्चार्ज हुनुभएको छ । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भई घर फर्कनुभएको हो ।


कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण सम्पन गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो । क्वरेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेशनमा ८६ रहेका छन् ।

तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले आफ्नो अस्पतालले अत्यावश्यक सेवा र ओपीडी सेवालाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईको व्यवस्था गरी उपचारमा खटिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालले अनलाइन र फोनका माध्यमबाट पनि बिरामीको स्थिति बुझ्ने गरेको बताउनुभयो । जो कसैलाई पनि समस्या परेमा अस्पतालको फोन नम्बर ०१४२२५२७५ र ९८४०८८३०५५ मा सम्पर्क गरी जानकारी लिन सकिने अस्पतालका प्रमुख पोडेलको भनाइ छ ।