काठमाडौ, बैशाख ११
विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सीमेन्टद्वारा पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न गरेको छ ।
सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानी मा अबस्थित पाल्पा तान्सेन सीमेन्ट को सहयोग मा वडाका सम्पूर्ण ठाउँमा बिषाधि छरिएको छ । खानी स्थलप्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट ई. प्रा.ली ले चार लाख एक हजार रुपैयाँ बराबरको चेक माथागढी गा. पा. का कार्याकारी प्रमुखलाई हस्तान्तरण गरेको छ ।
साथै, सुनवल नगरपालिकाको दैवीप्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि पाल्पा सिमेन्ट प्रा.लि.ले दुई लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्ण बहादुर सेनज्यू र थमन सिंह नेपालीलाई उक्त समुहका पिआर मेनेजर जीवनप्रकाश निरौला लगायतका पदाधिकारीहरुले यही चैत २७ गते हस्तान्तरण गरेको कम्पनीले जानकारी दिएको छ ।