काठमाडौ, बैशाख ११
ह्वावेले सन् २०१९ को आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा गत वर्ष ह्वावेद्वारा उत्कृष्ट व्यवसायिक कार्य प्रदर्शन गर्न सफल भएकोबारे उल्लेख गरिएको छ । ह्वावे कम्पनीले सन् २०१९ मा बिक्री मार्फत् आर्जन गरेको विश्वव्यापी आय ८५८.८ अर्ब चिनियाँ युआन रह्यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.१ प्रतिशतले वृद्धि हो । सन् २०१९ मा ह्वावेको खुद नाफा ६२.७ अर्ब चिनियाँ युआन रह्यो । विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि ९१.४ अर्ब चिनियाँ युआन नगद प्रवाह गरिएको थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.४ प्रतिशतले वृद्धि हो । प्राविधिक नवीनता तथा अनुसन्धानमा गरिरहेको दीर्घकालीन लगानीको हिस्सास्वरूप सन् २०१९ मा ह्वावेले आफ्नो आयको १५.३ प्रतिशत अर्थात् १३१.७ अर्ब चिनियाँ युआन लगानी गर्योे । रिसर्च एण्ड डिभेलपमेन्टमा ह्वावेले गएको बितेको दशकमा गरेको खर्च ६०० अर्बभन्दा धेरै छ ।
“सन् २०१९ ह्वावेका लागि एउटा अभूतपूर्व वर्ष रह्यो । ”ह्वावेका हालका अध्यक्ष (रोटेटिङ चेयरम्यान) एरिक सु ले भने, “ठूलो स्तरमा वाह्य दबाब भएपनि हाम्रो टिमले सहकार्य गर्दै हाम्रा ग्राहकहरूका निम्ति महत्व दिने हाम्रो एकमात्र ध्यान रह्यो । विश्वभर रहेका हाम्रा ग्राहक र साझेदारहरूको आदर र विश्वास जित्न हामीले कडा मेहेनत गरेका छौँ । सोहीकारण व्यापार प्रदर्शन निकै उत्कृष्ट रहन सफल भयो । ”
प्रमुख सन्देश १ः
अपेक्षित नोक्सान तथा विश्वव्यापी महामारीकाबीच ह्वावे कन्ज्युमर बिजनेश ग्रुपद्वारा बजार ट्रेन्ड्स विपरीत वृद्धि
अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षाका लागि जोखिमयुक्त भएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरेपछि त्यसको प्रभावहरू देखिँदा पनि ह्वावेले सन् २०१९ मा उल्लेखनीय वृद्धि हासिल गर्न सफलभयो । कन्ज्युमर बिजनेसबाट प्राप्त आम्दानी ४,६७,३०४ मिलियन चिनियाँ युआन रह्यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले वृद्धि हो । यसका साथै मासिक सक्रिय प्रयोगकर्ताहरूको संख्या ६०० मिलियन भन्दा बढी रहेको छ ।
फ्रेबुअरी महिनामा चुनौतीपूर्ण समयकाक्रममा तुलनात्मक तथ्यांक काउन्टर पोइन्ट डाटाका अनुसार स्मार्टफोनको सिपमेन्ट अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले घट्न पुग्यो भने ह्वावेको स्मार्टफोन सिपमेन्ट विश्वको उत्कृष्ट तीन स्थानभित्र पर्न सफल भयो । उदाहरणका लागि चीनमा ह्वावे तथा हनर चाइनाको संयुक्त मार्केट सेयर ४३.४ प्रतिशत रह्यो जुन सन् २०१९ फ्रेबुअरी महिनाको तुलनामा ९.६ प्रतिशतले र ज्यानुअरी २०२० को तुलनामा १.६ प्रतिशतले वृद्धि हो । (स्रोतःजीएफके)
ह्वावे पी४० सिरिजको सार्वजनिक भएसँगै ह्वावे पी४० सिरिजले फ्ल्यागशीप फोटोग्राफी डिभाइसका रूपमा अझै लोकप्रिय रहेको छ । ह्वावे पी४० प्रो प्लसको मूल्य एप्पलका हाइ एण्ड मोडलहरूको सरह रहेको छ । यसको आकर्षक डिजाइनका साथमा ह्वावे पी४० सिरिज प्रयोगकर्ताहरूले निकै रुचाएका छन्।
प्रमुख सन्देश २
ह्वावेले विश्वव्यापी स्मार्टफोन इन्डष्ट्रीमा शीर्ष स्थानहासिलगर्दै उत्कृष्ट ३ भित्र पर्न सफल
नवीनताह्वावे ब्रान्डको आधार हो । अन्वेषण र नवीनताका लागि ह्वावेका स्मार्टफोनहरू सुरुवातकर्ता मानिन्छ । यसमा शक्तिशाली प्रविधिहरू फाइभ जीएसओसी चिपसेट, वाईफाई सिक्स प्लस, मोबाइल फोटोग्राफीदेखि कम्युनिकेशन टेक्नोलोजीमा जडित छन् जसले ह्वावेलाई विश्वव्यापीरुपमा पहिलो र इन्ष्डट्रीको अग्रणी बनाएको छ ।
रिचर्ड यू ले प्रेस सम्मेलन “टुगेदर २०२०” सन्देशसहित गरे र कम्पनीले चाल्ने कदमहरूका बारेमा भिडियोमार्फत् जानकरी गराइयो । सो भिडियोमा पहिलो पटक कसरी ह्वावेले सफ्टवेयर सर्भिसहरु तथा मोबाइलइको सिस्टमलाई अग्रभागमा ल्याइदैँ छ भनेर देखाइएको थियो । ग्लोलाइजेसन तथा लोकलाइजेसनका माध्यमबाट नवीनतालाई जोड दिँदै ह्वावेले यूरोप र अन्य भागमा रहेका अनलाइन कम्पनीहरूलाई अमेरिकामाथि निर्भर नभईकन डिजिटल उपस्थिति बनाउन सकिन्छ भनेर पनि नयाँ अवसरहरूका बारेमा जानकारी दिइएको थियो ।
“टुगेदर” ले सामाजिक भावनालाई प्रतिनिधित्व गर्दछ जहाँ समान रुचि र चाहना भएका मानिसहरू एउटै ठाउँमा आई डिभेलपरहरू तथा प्रयोगकर्ताहरूलाई अनलाइन तथा अफलाइन दुवै माध्यमबाट तिनीहरूको स्थान पत्ता लगाउन सहयोग गर्छ ।
प्रमुख सन्देश ३ः
१+८+एन ले एकसाथ काम गरी ह्वावेको बिना अवरोध एआई लाईफ स्ट्र्याटिजी ओभरसिजको मूल भावनालाई अघि बढाउन सघाउँछ ।
हालै सार्वजनिक समारोहहरूमा स्मार्टफोनहरू मात्र सार्वजनिक गरिदैँनन् । यसको साटो ह्वावेका उत्पादनहरू पनि सार्वजनिक गरिन्छन् । अल–सिन्यारियो उत्पादनहरू र रणनीतिहरू यी सबै समारोहहरूमा उपस्थिति जनाउँदै आएका छन् र ह्वावेको सिमलेस एआई लाइफ स्ट्र्याटिजीलाई ओभरसिज लैजाने गतिमा वृद्विहुँदै गइरहेको छ ।
ह्वावेको सिमलेस एआई लाईफ स्ट्र्याटिजी एउटा दीर्घकालीन रणनीतिक तथा प्राविधिकि योजनाहो जुनह्वावेले लामो समयदेखि तयार पारेको हो । ह्वावे सेयर र ह्वावे मिटाइम जस्ता प्रविधिहरू जुन सबै ह्वावेका योजनाका हिस्सा हुन् र आगामी पाँचदेखि दश वर्षसम्म कार्यान्वयनमा हुनेछ । यसले सबै प्रयोगकर्ताहरूलाई बिना अवरोध एआईको अनुभव प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ जहाँ हार्डवेयर १+८+एनइकोसिस्टम मार्फत् अन्तरजडित हुन्छ ।
एप्पलको कनेक्टिभिटीभन्दा फरक जुन एप्पल उत्पादनहरूमा मात्र सीमित हुन्छ ह्वावेका १+८+एन एउटा खुलाइको सिस्टम हो । विश्वव्यापी साझेदारहरुसँग साझेदारी गर्दै ह्वावेले वृहत् कभरेज तथा सिन्यारियो सहितको थप इन्टेलिजन्ट तथा बिना अवरोध एआई लाइफ प्रस्तुत गर्नेछ ।
प्रमुख सन्देश ४ः
ह्वावे सफ्टवेयर तथा सर्भिसहरूले ग्राहकहरूलाई थप सुरक्षा र राम्रो विकल्पहरू प्रस्तुत गर्दछन् ।
अल–सिन्यारियो उत्पादनहरूमा भएको निरन्तरको सुधारले अल सिन्यारियो इकोसिस्टको डिमान्ड बढाएको छ । ह्वावे र एप्पलमात्रदुई डिभाइस कम्पनीहरू हुन् इन्डष्ट्रीमा जसले आफ्नै सफ्टवेयर तथा हार्डवेयर सिस्टमहरू निर्माण गरेका छन् ।
सन् २०२० ह्वावेलाई इकोसिस्टम निर्माण गर्ने सुरुवाती वर्ष हो । ह्वावेले थप साझेदारहरू तथा डिभेलपरहरूसंग सहकार्य गर्दै विश्वभर रहेका प्रयोगकर्ताहरूका निम्ति थप र परिष्कृत विकल्पहरू प्रदान गर्न ह्वावेको सफ्टवेयर तथा सर्भिस इकोसिस्टम ल्याउँदै छ । मार्च ८ मा बीबीसी स्टुडियोजले ह्वावे भिडियोसँग सहकार्य गर्ने घोषणा गरेको थियो जसमा विभिन्न २६ क्षेत्रहरूका ह्वावेका प्रयोगकर्ताहरूलाई बीबीसीका तर्फबाट ३ सय घण्टाको भिडियो सामग्री उपलब्ध गराइनेछ ।
ह्वावेले प्रभावकारी विकासका लागि ग्लोबल डिभेलपरहरूलाई टुलहरू प्रदानगर्दछ । यी टुलहरूले डिभेलपरहरूलाई एउटा उत्पादन क्रियट गर्न र तिनलाई कैयौँ उत्पादन क्याटगोरीहरू अन्तर्गत राख्दै प्रत्येक प्लेटफर्ममा कम्प्याटिबिलिटी पनि प्रत्याभूत गर्दछ । एप ग्यालरीमार्फत् ह्वावेले प्रयोगकर्ताहरुलाई थप विकसित तथा सुरक्षित, लोकलाइन्जड तथा नवीन अनुभव प्रदान गर्दछ
“अगाडि बढ्दै जाँदा वाह्यवातावरण थप जटिल बन्दै जानेछ ।” सु ले सचेत गराउँदै भने “हामीले हाम्रा उत्पादनहरू तथा सेवाहरूका प्रतिष्पर्धात्मक स्तर बढाउन, खुला अन्वेषणको प्रबर्धन गर्नुपर्छ र हाम्रा ग्राहक तथा समाजका लागि थप महत्व सिर्जना गर्न हामी लागि पर्नेछौँ । यो डिजिटल तथा इन्टेलिजन्ट रुपान्तरण द्वारा प्रदान ऐतिहासिक अवसरहरू लिनका लागि एकमात्र तरिका हो र दीर्घकालसम्म सुदृढ वृद्धि कायम गर्ने तरिका पनि हो ।”
ह्वावेका बारेमा
सन् १९८७ मा स्थापना गरिएको ह्वावे सूचना तथा सञ्चार प्रविधि (आईसिटी) संरचना तथा स्मार्टडिभाइसहरूको विश्वव्यापी र अग्रणी सेवा प्रदायक कम्पनी हो । प्रत्येक व्यक्ति, घर तथा संगठनका लागि पूर्ण कनेक्टेड, इन्टेलिजेन्ट दुनियाँका निम्ति हामी प्रतिबद्ध छौँ । ह्वावेका विभिन्न उत्पादनहरू, सलुसनहरु तथा सेवाहरू प्रतिष्पर्धात्मक तथा सुरक्षित दुवै छन् । ह्वावेमा हामी हाम्रा ग्राहकहरुलाई पहिलो प्राथमिकतामा राख्छौ । हामीले आधारभूत अनुसन्धान तथा विश्वलाई अगाडि बढाउन मद्दत पुर्याउने प्राविधिक उपलब्धिहरूमा व्यापक लगानी गरेका छौँ । विश्वभर रहेका तीन अर्बभन्दा धेरै मनिसलाई सेवा पु¥याउन हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा सञ्चालित छौँ । ह्वावेमा झण्डै १ लाख ९४ हजार कर्मचारीहरू आबद्ध रहेका छन् र यो पूर्णतःकर्मचारीहरुको स्वामित्व भएको कम्पनी हो ।