काठमाडौँ, ११ वैशाख
सन सिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज दिउँसो उनीहरू डिस्चार्ज भएको जानकारी दिए ।
वैशाख १ गते र्यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । १० दिनको उपचारपछि उनीहरू निको भएर घर फर्केका छन् ।
उनीहरू निको भएपछि अब काठमाडौं उपत्यकामा कुनै पनि कोरोना संक्रमित छैनन् ।
हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ ।