काठमाडौँ, ११ वैशाख
नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा आज थप दुई व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार उदपयुरकी ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ ।