neapl investment mega bank
  • गृहपृष्ठ
  • भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र

भीमफेदी–कुलेखानी र छैमले सडक विस्तार तीव्र

Apr 23rd, 2020

हेटौँडा, ११ वैशाख (रासस)

मकवानपुर जिल्लाबाट काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी सडकखण्डको विस्तारको कार्यमा मानवीय र सुरक्षाको संवेदनशीलतालाई अपनाइ निर्माणकार्यले तीव्रता पाएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भीमफेदीबाट कुलेखानीसम्मको साढे १५ किलोमिटर सडकखण्डलाई बोलपत्र आह्वान गरी सडक विस्तारकार्यलाई तीव्रता दिइएको हो ।

मन्त्रालयले भीमफेदी–देउराली र देउराली–कुलेखानीसम्मको सडक विस्तारका लागि दुई चरणमा रु १७ करोड र १५ करोडमा एक निर्माण व्यवसायीलाई बोलपत्र आह्वान गरी स्वीकृति प्रदान गरिएको र आगामी तीन महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम गर्ने अनुमति दिइएको सो मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिनुभयो ।

सडक विस्तारको क्रममा अहिले छ डोजर र तीन टिपर निर्माणका लागि प्रयोग भइरहेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभएको छ ।

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने काठमाडौँको छैमलेबाट कुलेखानीसम्म सडक विस्तारका लागि पनि काठमाडौँ र मकवानपुर जिल्ला समन्वय समितिको संयुक्त लगानीमा सडक विस्तार भइरहेको मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi