neapl investment mega bank

गोरखामा खागले टोकेर छ घाइते

Apr 23rd, 2020

गोरखा, १० वैशाख (रासस)

गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर छ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम श्रेष्ठलाई शुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिनुभयो ।

बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गार्इँ र उहाँकी तीन वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उहाँले बताउनुभयो । इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उहाँका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गार्इँले जानकारी दिनुभयो ।

गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

पटका पड्काँउदा घाइते

गोरखाको शहीद लखन गाउँपालिका–७ स्थित गरन्जागाउँमा पटका पड्काउँदा एक युवक घाइते भएका छन् । घाइते युवकको हातको औँला चुँडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बुधबार साँझ करिब साढे ७ बजेको समयमा घरमा राखिएको पटका हातमा राखेर खेलाउने क्रममा पड्किएर २० वर्षीय अनिल थापा घाइते भएको एसपी अधिकारीले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi