neapl investment mega bank
  • गृहपृष्ठ
  • बुबा बितेका चार दिनपछि नेपाल प्रवेश गरे किरियापुत्री

बुबा बितेका चार दिनपछि नेपाल प्रवेश गरे किरियापुत्री

Apr 23rd, 2020

बैतडी, ११ वैशाख (रासस)

लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका चार दिनपछि बुधवार बेलुका नेपाल प्रवेश गर्नुभएकोे छ ।

जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुुबा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाउनुुभएको हो । नेपाल प्रवेश गरेका किरियापुत्रीका बुबा उजले धामीको आइतबार मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको ¥यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताउनुुभयो ।

भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिनुभयो । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किनुुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi