neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

Apr 22nd, 2020

सर्लाही, बैशाख १०

सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ झिलीमिलीमाई नाकाबाट बैशाख ९ गते एपीएफ टोलीले २८ बोतल कोडिन फोस्पेट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३३ वर्षिय सुशिलकुमार राउत र २८ वर्षिय मनोज राउत छन् । बीआर जे ५८८१ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi