पेरिस,१० बैशाख (रासस/एएफपी)
कोविड –१९ को संक्रमणको कारण युरोपभरीमा ज्यान गुमाउनेको संख्या १ लाख १० हजार नाघेको एएफपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।
नेपाली समयानुसार बुधबार अपराह्न ३ बजे प्राप्त भएको समाचारअनुसार युरोपभरी कोरोना भाइरस सक्रमितको संख्या १२ लाख ४६ हजार ८४० रहेको छ । यसमा १ लाख १० हजार १९२ जनाको ज्यान गएको बताइएको छ । युरोप कोरोना भाइरसको संक्रमणको कारण अत्यन्त प्रभावित महादेशमा पर्दछ ।
कोरोना भाइरसको संक्रमणको कारण इटालीमा २४ हजार ६४८, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २० हजार ७९६ र बेलायात १७ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।