neapl investment mega bank

आफ्नै दाइलाई खुकुरी प्रहार गरी हत्या

Apr 22nd, 2020

दोलखा, १० वैशाख

आफ्नै दाइ ५८ वर्षीय दुर्गा बहादुर खड्कालाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका-३ गोथ्ले बस्ने ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयलाई लिएर राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गा बहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi