neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा सालको गोलियाकाठसहित पक्राउ

एपीएफ टोलीद्वारा सालको गोलियाकाठसहित पक्राउ

Apr 22nd, 2020

सुनसरी, बैशाख १०

सुनसरी जिल्लाको रामधुनी नगरपालिका ६ बहत्तर बिघास्थित जंगलबाट बैशाख ८ गते एपीएफ टोलीले करीब एक सय २० क्यूफिट सालको गोलिया काठसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ४१ बर्षिय केशब खड्का, २४ बर्षिय अर्जुन लिम्बु र ३८ बर्षिय रोशन राई छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सो ठाउँको जंगलबाट को २ त ९९९० नम्बरको ट्रयाक्टरमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त ट्रयाक्टर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद काठ तथा ट्रयाक्टरसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi