neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

Apr 22nd, 2020

काठमाडौं, बैशाख १०

धनुषा जिल्लाको मसुरनिया गाउँपालिका ६ स्थित मरनाघाट ईलाकाबाट बैशाख ९ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रामकरण मण्डल र दिपक मण्डल छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट ७५ वटा, स्पास्मो ७६ वटा र एक्जीप्लोक्सल ३० बोतल फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १६ स्थित दरैयाबाट बैशाख ८ गते एपीएफ टोलीले डाईलेक्स डिसी नामक दुई बोतल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिराटगर महानगरपालिका बस्ने २९ बर्षिय आरिफ मिया र सोही महानगरपालिका ५ बस्ने २५ वर्षिय मोहमद सोनु छन् । को ९ प ९३५६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म मोरङबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi