neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन उल्लघंन गर्ने १५ सय ४४ जना नियन्त्रणमा

लकडाउन उल्लघंन गर्ने १५ सय ४४ जना नियन्त्रणमा

Apr 20th, 2020

काठमाण्डौ, बैशाख ८


काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने तीन सय ७३ महिला सहित १५ सय ४४ जनालाई नियन्त्रणमा लिएको छ । आज विहान छ बजेदेखि बेलुका छ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी दुुई सय ८५ वटा दुई पाङ्ग्रे र १३ वटा चारपाङग्रे गरी दुुई सय ९८ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि एक हजार ११ जनालाई नियन्त्रणमा लिएको छ । यसै गरी ललितपुरबाट चार सय ५१ र भक्तपुरबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९१ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi